

महाधिवेशनको मिति हेरफेरको तयारी सहित एमाले केन्द्रीय कमिटीको बैठक बस्दै



काठमाडौं
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्न आज अपरान्ह ३ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
‘माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम केही भएन । त्यसपछि पनि पार्टीभित्रको अन्तर विरोधका कारण पर्खिने क्रममा केही काम भइरहेको छैन । त्यसैले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिन्छ । स्थानीय पार्टी कमिटी र सदस्यता सम्बन्धी काम अगाडि बढ्छ,’ उनले भने ।
आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने तामाङले बताए । आगामी मङ्सिर २ देखि ६ मा हुने भनेको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
उनले भने, ‘कात्तिक-मङ्सिरमा चुनावको मिति घोषणा भैसकेको र फागुनमा स्थानीय चुनाव गर्नुपर्ने अवस्था छ । हामीले पार्टीको महाधिवेशन पनि गर्नुपर्ने छ । आगामी मङ्सिर २ देखि ६ मा हुने भनिएको महाधिवेशनको मितिबारे शनिबारको बैठकबाट पुनर्विचार हुने सम्भावना छ ।’
महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा छलफल भइरहेको तामाङको भनाइ छ । आजको छलफलमा पनि माधव नेपाल समूहलाई बोलाइएको तामाङले बताए ।
उनले भने, ‘माधव कमरेडसहितका साथीहरुलाई पनि बोलाएका छौं । आउने नआउने उहाँहरुको कुरा हो । उहाँहरु एमालेमै हुनुहुन्छ ।’ आजको बैठकमा नआए पनि ७२ घण्टाभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए कारबाही हुने तामाङले बताए ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया