

युरो कप : बेल्जियमलाई हराउँदै इटली सेमिफाइनलमा

काठमाण्डाै
बेल्जियमलाई हराउँदै इटली युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली अन्तिम चारमा प्रवेश गरेको हो ।
इटलीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक/एक गोल गरे । यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । यो जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । गएराति भएको स्पेन र स्विट्जरल्याण्डको खेल निकै रोमाञ्चक हुँदै पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक–शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो ।
स्विट्जरल्यान्डका रहेको फ्रियुलर रेड कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया