

बाणगंगा नगरपालिकाको असारे विकास : पानी पर्नासाथ मुख्य बजार मानिने क्षेत्रमै सडक पोखरी



सागर वि.क,
धेरैजसो मानिसले विकास भनेको नै सडक बाटो भनेर बुझ्ने गर्छन् । आफ्नो घरअगाडि पिच सडक बनेपछि विकास भएको मान्छन् । तर त्यो पिच सडक कत्तिको गुणस्तरीय र वैज्ञानिक छ भनेर कमै मानिसले मात्रै चासो राख्छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा जनप्रतिनिधि आएपछि कालोपत्रे सडक निर्माणले तीव्रता पाएको छ । ‘खै विकास’ भन्नेलाई बाणगंगाका जनप्रतिनिधिले सुरुमा देखाउने भनेको पिच सडक नै हो । नगरपालिकामा बनाइएका नाली विनाका पिच सडक भने वैज्ञानिक देखिँदैन् । हिउँदमा चिल्ला देखिने पिच सडक बर्खामा पानी पर्नेबित्तिकै पोखरी बन्छन् । भौतिक निर्माणमा करोडौँ खर्चिने बाणगंगा नगरपालिकाले नाली निर्माणमा त्यति चासो देखाउँदैन् । बाणगगंगामा कालोपत्रे गरिएका अधिकांश सडकमा व्यवस्थित नाली निर्माण गरिएको छैन् ।
बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चार नम्बर जीतपुरमा पनि बर्षाको समयमा सडकमा नै पोखरी बन्ने गर्छ । हरेक दिन जसो नगरका जनप्रतिनिधि ओहोर दोहोर गर्ने यस्ता सडकमा देखिएका समस्या समधानमा भने केही चासो नदेखाएको स्थानीय बताउँछन् । त्यस्तै सडकलाई व्यवस्थित बनाउने कुरामा जनप्रतिनिधिले कुनै पहल नगरेको स्थानीय रामलौटन थारु बताउँछन् ।
नगरका सडकको बीच भागमा नै ठूला ठूला खाडल देखिए पनि त्यसको मर्मतसम्भारमा केही नगरिएको अर्का स्थानीय सुरेन्द्र पौडेल बताउँछन् । आगन्तुक मानिसको पनि सर्वप्रथम पहिले सडक जस्ता पूर्वाधारमा ध्यान जाने भएकाले सडकलाई व्यवस्थित र सुन्दर बनाउन नगरले ठोस पहल गर्नुपर्ने स्थानीयको भनाई छ । नगरका जनप्रतिनिधिले सडकमा खाल्डो देखेर पनि नदेखे जस्तो गरेको र पटकपटक भन्दा नसुन्ने गरेको स्थानीयको आरोप छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया