

सहकारीको पाँच करोड बढी रकम हिनामिना गरेको मुद्दामा चार जनालाई थुनामा राख्न आदेश : दाङ

दाङ
दाङमा सहकारीको पाँच करोड रुपैयाँ बढी रकम हिनामिना गरेको मुद्दामा जिल्ला अदालतले चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह–लेखापाल विक्रम राना, ऋण फाँटका प्रमुख प्रताप चौधरी, ऋण फिल्ड सहायक मणिराम भण्डारी र लेखापाल विकास न्यौपानेलाई अदालतले हिजो पुर्पक्षका लागि थुनामा पठाएको हो ।
जिल्ला न्यायाधीश ऋतेन्द्र थापाको इजलासले सह–लेखापाल रानाकी श्रीमती उषा राना थापालाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ । अरु २० जना फरार सूचीमा छन् । सहकारीका सदस्यहरूले आफूहरुको पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका छन् ।
तर, गाउँपालिकाका अध्यक्ष सुवेदीले विगत ५ वर्षयता सहकारीको कुनै पनि पदमा नरहेको जानकारी गराउनुभएको छ । साथै रकम हिनामिना गरेको पुष्टि भए दोषीलाई कारबाही हुनुपर्ने माग गर्नुभएको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया