

सहकारीको पाँच करोड बढी रकम हिनामिना गरेको मुद्दामा चार जनालाई थुनामा राख्न आदेश : दाङ



दाङ
दाङमा सहकारीको पाँच करोड रुपैयाँ बढी रकम हिनामिना गरेको मुद्दामा जिल्ला अदालतले चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह–लेखापाल विक्रम राना, ऋण फाँटका प्रमुख प्रताप चौधरी, ऋण फिल्ड सहायक मणिराम भण्डारी र लेखापाल विकास न्यौपानेलाई अदालतले हिजो पुर्पक्षका लागि थुनामा पठाएको हो ।
जिल्ला न्यायाधीश ऋतेन्द्र थापाको इजलासले सह–लेखापाल रानाकी श्रीमती उषा राना थापालाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ । अरु २० जना फरार सूचीमा छन् । सहकारीका सदस्यहरूले आफूहरुको पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका छन् ।
तर, गाउँपालिकाका अध्यक्ष सुवेदीले विगत ५ वर्षयता सहकारीको कुनै पनि पदमा नरहेको जानकारी गराउनुभएको छ । साथै रकम हिनामिना गरेको पुष्टि भए दोषीलाई कारबाही हुनुपर्ने माग गर्नुभएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया