

श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डको क्लिन स्विप

काठमाण्डाै
इङ्ग्ल्यान्डले श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा क्लिन स्विप गरेको छ । गएराति भएको खेलमा श्रीलङ्कालाई ८९ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो । इङ्ग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्काले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो । श्रीलङ्काकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए ।
ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे । इङ्ग्ल्यान्डका डेभिड विलीले ३ तथा साम कुरानले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । इङ्ग्ल्यान्डका डाविड मालनले ७६ रन, जोनी बेयर्स्टोले ५१, लियाम लिभिङस्टोनले १४ रनको योगदान गरे ।
यस्तै, साम करण ९ र क्रिस जोर्डन ८ रनमा अविजित रहे । श्रीलङ्का दुश्मन्था चामिराले ४ विकेट लिए भने बिनुरा फर्नान्डो र इसुरु उडानले एक/एक विकेट लिए । पहिलो खेलमा इङ्ग्ल्यान्ड ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । श्रीलङ्का र इङ्ग्यान्डबीच पर्सी मंगलवारदेखि तीन खेलको एक दिवसीय श्रृङ्खला पनि हुनेछ ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया