राप्ती गाउँपालिका अध्यक्षकाे विज्ञप्ति : चरित्र हत्या गर्ने काम भएकाे उल्लेख

दाङ्ग । बिभिन्न संचार माध्ययममा सार्बजनिक भएको सहकारीको रकम हिनामिना भन्ने शिर्षकको समाचार प्रति राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । अध्यक्ष सुबेदीले शनिवार एक प्रेस विज्ञप्ती जारि गर्दै उक्त समाचारको खण्डन गरेका हुन्।

No description available.

साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटियाको संस्थापक र लेखा समिति संयोजक पदमा रहेर जिम्मेवारीपूर्वक कार्यकाल सम्पन्न गरी मिति २०७४ असार मसान्तदेखि आफु कुनै पदीय जिम्मेवारीमा नरहेको समेत जानकारी गराएका छन।

हाल संस्था सञ्चालनको जिम्मेवारी अन्य पदाधिकारीहरुले लिईसकेको सन्दर्भमा मेरो इज्जत, प्रतिष्ठामा आँच आउने र चरित्र हत्या गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दै यसमा कुनै सत्यता नभएको उनकाे विज्ञप्तीमा उल्लेखित छ।

प्रतिक्रिया

खबर सबै