

मध्यावधि निर्वाचन भएरै छाड्छ, मास्क खोलेर भोट हाल्ने वातावरण बनाउछौं : गृहमन्त्री पौडेल



काठमाडौं
गृहमन्त्री विष्णु प्रसाद पौडेलले मध्यावधि निर्वाचन भएरै छाड्ने दावी गर्नु भएको छ । शनिबार गृह जिल्ला रुपन्देही पुग्नु भएका गृहमन्त्री पौडेलले मुलुकको वर्तमान समस्याको समाधान गर्न निर्वाचनको विकल्प नरहेको जिकीर गर्नुभयो । ।
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि अन्य दलहरुले वैकल्पिक सरकार निर्माण गर्न नसक्दा नै दोस्रो पल्ट संसद विघटन भएको उहाँको तर्क छ ।
लोकतन्त्रमा निर्वाचन मुख्य निचोड भएकोले अबको विकल्प ताजा जनादेश मात्रै भएको उहाँको भनाइ छ । सरकारले यसअघिको निर्वाचनमा गरेको घोषणा अनुसार नै काम गरिरहेको पनि दावी गर्नुभयो ।
त्यसको वर्तमान सरकारले मुलुकमा नयाँ नयाँ बिकासका कामहरु गरिरहेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो, ‘सरकारले विकासका नयाँनयाँ काम गरिरहेको छ । ‘चाहे पूर्वाधारको विकासका लागि होस् या चाहे मानव सूचकांकका हिसावले होस्, एकपछि अर्को राम्रो काम सरकारले गरिरहेको छ । हाम्रो कामाको अनुभूति सबैले गरिरहेका छन्।’
मास्क खोलेर भोट हाल्ने वातावरण बनाउछौं
गृहमन्त्री पौडेलले निर्वाचन अघि सबै नागरिकले कोरोना भाइरसबिरुद्धको खोप प्राप्त गर्ने पनि दावी गर्नुभयो । उहाँले भोट हाल्न जाँदा सबै नागरिकहरुले मास्न खोलेर जान सक्ने वातावरण बनाउने उहाँले बताउनुभयो ।
कोरोना भाइरसबाट नागरिकहरुलाई बचाउने सरकारको प्रमुख कर्तव्य भएकोले छिटो भन्दा छिटो खोप ल्याउने प्रकृया भइरहेको बताउनु भयो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया