

युवा कृषकहरुलाई कृषि औजार, बाल कल्वहरुलाई खेलकुदका सामग्रि



कपिलवस्तु
बोडगाँउ बाणगंगा नगरपालिका वडा न.८ ले वडाभित्र रहेका युवा कृषकहरुलाई कृषि औजार तथा बाल कल्वहरुलाई खेलकुदका सामग्रि प्रदान गरेको छ । वडाले वडाकार्यलयमै एक कार्यक्रमको आयोजना गरेर समग्रि हस्तान्तरण गरेको हो । वडाले युवा कृषकहरुलाई कृषिमा अब्वल गराई आत्मनिर्भर गराउनका लागि विभिन्न कृषि समग्रि तथा कृषि औजार हरु प्रदान गरेको हो ।
त्यस्तै वडा ले बालबालिकाको विकासमा खेलले निकौ महत्वपुर्ण भुमिका खेल्ने हुनाले बाल कल्वहरुलाई खेल सामग्रिपनि प्रदान गरेको छ । वडाले कृषक हरुको लागि काउ म्याड, टनेल पलास्टिक, मलचिन पलास्टिक, ग्रिन नेट जालि, घाँस काट्ने मेसिन, पंखा तथा बिद्युतीय औषधी छर्ने मेसिन लगाएतका समग्रि उपलब्ध गराएको हो । त्यस्तै बालबालिकाहरुलाई भलिवल, क्रिकेट,फुटवल जस्ता विभिन्न खेलकुदका समग्रिपनि उपलब्ध गराएको वडा कार्यलयले जनाएको छ ।
खेल सामग्रि तथा कृषि औजार प्रदान गर्दै वडा अध्यक्ष गुणनिधि भुसालले युवा कृषकहरुको लागि उत्पादन मुलक कृषिमा लगावले लाग्न आग्रह गर्नुभयो । त्यस्तै वालबालिकाहरुलाई सभ्य र अनुशासित भएर खेलको बिकासमा निरन्तर अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले वडा न.८ का युवा कृषक हरुले वडालाई मात्र नभएर सिंगो नगरपालिकालाई समेत कृषिक्षेत्रमा आत्मर्निभर बनाउनमा वडा न.८ ले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उता वालबालिका हरुको लागि खेल खेलेर होस अथवा अन्य तरिका वाट आफ्नो भविष्य समुज्वल पार्नका लागि वालबालिकाहरुले शिक्षा, स्वस्थ्य, खेलकुद, लगाएतमा जोड दिनुपर्ने वडा अध्यक्ष भुसालले बताउनु भएको छ । युवा कृषकहरुले समग्रि ग्रहण गर्दै वडाको सहयोगले अझौ कृषि कर्म गर्ने आँट बढेको बताएका छन ।
खेलकुदका सामग्रि ग्रहण गर्दै वालबालिकाहरुले वडा न.८ ले समय समयमा बालविकासमा अत्यन्तै ध्यान पुर्याएकोमा खुशि व्यक्त गरेका थिए । उनिहरुले वडा अध्यक्षले दिएको सुझाव लाई सधै मनन गर्दै अगाडि बढ्ने कुरामा विश्वस्त हुन पनि वडा लाई जानकारि गराएका छन । वडा न. ८ ले ५०जना कृषक तथा ११ वाटा बालकल्व हरुलाई समग्रि प्रदान गरेको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया