

हङकङकाे प्रजातन्त्र समर्थक पत्रिकाकाे ‘पीडादायी बिदाइ’

काठमाण्डाै
हङकङबाट प्रकाशित हुँदै आएको दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द भएको छ । प्रजातन्त्र पक्षधर मानिएको पत्रिका हङकङ सरकारको दमनका कारण बन्द भएको बीबीसीले जनाएको छ ।
आज निकालिएको अन्तिम अङ्कको पहिलो पृष्ठमा कर्मचारीहरूले बिदाइको हात हल्लाउँदै गरेको तस्बिर छापिएको छ । पत्रिकालाई बिदाइ गर्न बुधवार हिजाे राति हजारौँ मानिस पत्रिकाको कार्यालय अगाडि भेला भएका बीबीसीले जनाएको छ । पत्रिकाले अन्तिम अङ्कको १० लाख प्रति छपाएको बताएको छ ।
पत्रिकाको कार्यालयमा गएको हप्ता हङकङका अधिकारीहरूले छापा मारेका थिए । पत्रिकाले राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको अधिकारीहरूले दाबी गरेका छन् ।
सन् २०१९ मा हङकङमा भएको सरकार विरोधी आन्दोलनमा सहभागी भएका पत्रिकाका मालिक जिम्मी लाई केही समयअघि हङकङमा लागू भएको राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ पर्नुभएको छ । लाईको सम्पत्ति जफत गरेर १४ महिना जेल सजाय सुनाइएको छ ।
पत्रिकाको सबै बैंक खाता सरकारले यसअघि नै रोक्का गरिसकेको छ । एप्पल डेलीका साथै नेक्स्ट म्यागजिन र डिजिटल संस्करण पनि बन्द गरिएको कम्पनीले जनाएको छ । अनलाइन संस्करणमा पत्रिका बन्द गरिएको सूचना मात्रै राखिएको छ । पुराना सामग्री पनि हटाइएको छ ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया