

यी ७ खाने कुरा कहिल्यै फ्रिजमा नराख्नुस्





काठमाडौं
हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ ।
एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ ।
१। कफी
कफीलाई फ्रिजमा राख्दा फ्रिजमा भएका अन्य चीजको वासना कफीमा पर्ने कारण कफीको स्वादमा फरक पर्नजान्छ ।
२।गोलभेँडा
फ्रिजामा निकै कम तापमान हुने गर्छ जसले गोलभँेडाको स्वाद खराब हुनजान्छ । साथै यो निकै नरम हुनजान्छ ।
३।प्याज
प्याज फ्रिजमा राख्दा ढुसी पर्ने खतरा हुन्छ । यदि प्याज काटेर फ्रिजमा राखियो भने प्याज सुक्ने हुन्छ । काटेको प्याज फ्रिजमा राख्दा यसको गन्ध अन्य खाद्यपदार्थमा समेत पर्नजान्छ ।
४।केरा
केरा फ्रिजमा राख्दा धेरै पाक्ने र नरम हुनुका साथै यसको पोषणतत्वमा समेत कम हुन्छ ।
५।मह
मह फ्रिजमा राख्दा यो निकै कडा हुने गर्छ । फ्रिजमा कम तापमान हुनेका कारण महमा क्रिस्टलाइजेशन हुने कारण चम्चाबाट झिक्न समेत गाह्रो हुन्छ ।
६।खरबुजा
खरबुजालाई कोठाको समान तापमानमा राख्नुपर्छ । यसलाई फ्रिजमा राख्दा यसको भित्रीभाग कडा हुने तथा पोषणतत्वमा समेत कमी आउँछ ।
७। लसुन
लसुनलाई पनि कोठाभित्र नै राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राखेको १२ घण्टाभित्रमा सुख्खा हुने गर्छ । एजेन्सी


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया