शिवराजमा १ अर्ब बढीको बजेट तयारी

कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्षका लागि भोली बजेट ल्याउने तयारी गरेको छ । गत वर्ष र चालु वर्ष भन्दा फरक किसिमले बजेट ल्याउने गरी तयारी भईरहेको नगरपालिकाले जनाएको छ । बजेटको आकार बढाउने नगरको तयारी छ । चालु आवको भन्दा आव ०७८÷०७९ का लागि झण्डै १० प्रतिशतले बजेटको आकार बढ्ने भएको हो ।
नगर प्रमुख नेत्रराज अधिकारीका अनुसार कोभिड १९ र स्वास्थ्यका क्षेत्रमा बजेटले बढी प्राथामिकता पाउने छ भने शिक्षाका क्षेत्रमा पनि यस वर्ष बजेटले राम्रो सम्बोधन गर्ने छ । शिवराज नगरपालिकाले विभिन्न क्षेत्रबाट आएका सुझाव संकलन गरी नीति तथा कार्यक्रम बनाइसकेको छ भने निति तथा कार्यक्रमका आधारमा आगामी वर्षका लागि बजेट पनि ल्याउने गरी तयारी थालेको हो ।

प्रतिक्रिया

खबर सबै