

बाल विवाह रोक्न शुद्धोधनमा अभियान तयारी



कपिलवस्तु ।
वाल विवाह अन्त्य गर्नको लागि कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले अभियान थाल्ने भएको छ । गाउँपालिकामा आयोजित वाल विवाह अन्त्यका लागि १ दिवसिय अन्र्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ लगायत सरोकारवलाहरुले वाल विवाह रोक्नको लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
सो अवसरमा वोल्दै गाउँपालिकाका अध्यक्ष खाँले किशोर किशोरिहरुलाई परिचालन तथा गाउँपालिकावाट वालविवाह रोक्नका लागि विभिन्न सचेतना मुलक कार्यक्रमहरु राखेर अभियानको थालनी गरिसकेको वताए ।
कार्यक्रममा वालविवाह रोक्नको लागि विभिन्न उप समिति र वडा स्तरमा कार्यक्रम सूरु गरेर कामहरु सूरु गरेको समेत खाँले बताए । कार्यक्रममा प्रहरी नायव निरिक्षक दिपक वस्यालले वाल विवाह गर्दा हुने समस्या र कानुनी प्रावधानका बारेमा वोलेका थिए ।
कालिका स्वावलम्वन सामाजिक केन्द्रको आयोजना र एम्पलिफाई चेन्जको सहयोगमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संयोजक अस्फाक अहमद खाँ, पुरोहित अर्जुन पाण्डेय, कालिका स्वावलम्वन सामाजिक केन्द्रका उपाध्यक्ष रामेन्द्र सिंह रावल,सदस्य सन्तराम अग्रहरी, शान्ता पौडेल लगायतले वाल विवाहको बारेमा बोलेका थिए ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया