

मन्त्रीहरु पदमुक्त भए सँगै राजनितिक घटनाक्रम तात्यो



काठमाडौं ।
सर्वोच्च अदालतले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का २० मन्त्रीलाई पदमुक्त गरेसँगै एकाएक राजनीतिक घटनाक्रम तातिन पुगेको छ । सर्वोच्चको आदेशसँगै पदमुक्त मन्त्रीहरू बालुवाटार पुगेका छन् ।
उनीहरु पछिल्लो घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्री पदमुक्त हुने आदेश दिएको थियो ।
आदेशपछि ओलीले छलफलका लागि भन्दै मन्त्रीलाई बालुवाटार बोलाएपछि उनीहरु त्यहाँ पुगेका हुन्।
प्रधानमन्त्री ओलीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि जेठ २१ गते जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए । यस्तै २७ गते ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिएका थिए।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया