कोपा अमेरिका : आत्मघाती गोलपछि चिली उरुग्वेसँग बराबरीमा रोकियो

काठमाण्डाै

कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१  गोलको बराबरी खेलेका छन् । बिहान सकिएको खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले  गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो ।

चिली पाँच अङ्कसहित शीर्ष स्थानमा छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र पाराग्वे खेलिरहेका छन् । आज विजयी भएमा दुवै टोली शीर्ष स्थानमा पुग्नेछन् ।

प्रतिक्रिया