

नेपालमा कोरोना : ९ जनामा भेटियो नयाँ स्वरुपको भाइरस, सतर्क हुन स्वास्थ्य मन्त्रालयको आग्रह





काठमाडौं
नेपालमा ९ जनामा कोभिड १९ को उत्परिवर्तित भेरियन्ट ‘के ४१७ एन म्युटेसन’ भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिनोमिक पहिचानका लागि जेठ २६ भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा यो भेरियन्ट देखिएको हो ।
यो भेरियन्ट हालसम्म १० वटा भन्दा बढी मुलुकमा फैलिइसकेको मन्त्रालयले जनाएको छ । वैशाख २६ देखि जेठ २० गतेसम्म संकलन गरिएका उक्त नमूनाहरु जिनोमिक पहिचानका लागि भारतको द इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजी ल्याबमा पठाइएको थियो । परीक्षण गरिएका नमूनामध्ये ४७ वटामा डेल्टा र एउटामा अल्फा भेरियन्ट भएको पाइएको थियो ।
डेल्टा भेरियन्ट पहिचान भएकैमध्येबाट ९ वटा नमूनामा थप उत्परिवर्तित भेरियन्ट पुष्टि भएको हो । नेपालमा हालसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक र सबै उमेर समूहमा फैलिने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा स्वास्थ्यप्रति जिम्मेवार हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया