
जसपा पार्टीभित्रको विवाद चर्किँदै

काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ ।
बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको भट्टराई र यादव समूहको कार्यकारिणी समिति बैठकले निर्वाचन आयोगको निर्णय पारदर्शी नभएको निष्कर्ष निकाल्दै पार्टी आधिकारिताका लागि आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको हो ।
सरकारमा सहभागी हुने÷नहुने विषयलाई लिएर पार्टीभित्र विवाद चर्किँदै गएपछि एकले अर्कोलाई कारबाही गर्ने क्रम सुरु भएको थियो । स्पष्टीकरण सोध्ने र कारबाही गर्ने क्रमसँगै पार्टी आधिकारिकताको विवाद निर्वाचन आयोगसम्म पुगेको हो । यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।
यसअघि सरकारमा सहभागी मन्त्रीसँग यादव समूहले स्पष्टीकरण सोधेको थियो । तर, उनीहरूले पार्टीमा कुनै जवाफ पेस गरेका छैनन् । जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको बताए । यस्तै बाढीपहिरोबाट पीडितको उद्धार, राहत तथा व्यवस्थापन गर्न सरकारसँग माग गर्दै बैठकले आफ्नो नेता कार्यकर्तालाई उद्धार, राहतमा जुट्न निर्देशन दिएको छ । यस्तै बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टीभित्रको विवाद चर्किँदै गएपछि स्पष्टीकरण सोध्ने र कारबाही गर्ने क्रम जसपाभित्र चलिरहेको छ । अध्यक्ष उपेन्द्रले यसअघि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
उता महन्थले समेत उपेन्द्रलाई यस्तै कारबाही गरिसकेका छन् । दुवै समूहले एकअर्कालाई कारबाही गर्दै पार्टी आधिकारिताका लागि निर्वाचन आयोगसँग दल दर्ताको अभिलेखमा अध्यावधि गर्न माग गरेका थिए ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया