

वाणगंगा ११ का किसानलाई दिइयो औषधि र परामर्श


भदौ २ कपिलवस्तु / कपिलवस्तुको वाणगंगा नगरपालिका वडानम्बर ११ का किसानहरुलाई वडा कार्यालयले धान बालीमा लाग्ने रोग नियन्त्रणका लागि परामर्श तथा सल्लाह प्रदान गरेको छ । किसानहरुको मुख्य बालीको रुपमा रहेको धान बालीमा लागेको राते ,डडुवा लगायत विभिन्न खाले रोगहरुको नियन्त्रण । त्यसको रोकथामका लागि औषधि तथा परामर्श प्रदान गरिएको वडा अध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो । विशेष गरी बालीमा लाग्ने विभिन्न रोगबाट पिडित किसान दाजु भाईलाई औषधी तथा परामर्श दिइएको हो । बाली संरक्षणका लागि वडाको तर्फबाट भएको सहयोग र परार्शले विशेष सहयोग मिलेको किसनहरुले बताएका छन् । नगरपालिकाको कृषि शाखाको सगयोगमा वडा कार्यालयले कार्यक्रको आयोजना गरेको हो । नगरपालिका कृषि शाखा प्रमुख लेस बहादुर के.सीको नेतृत्वमा कृषि अधिकृत धनिराम आचार्य,सन्तोष पौडेल, वडा सचिव राम प्रसाद सापकोटा लगाएत वडा सदस्यहरुको विशेष उपस्थितिमा कार्यक्रम गरिएको वडा अधयक्ष अर्यालले जानकारी दिनुभयो । कोभिड १९ को महामारिका बिचमा पनि पुर्ण रुपमा सामाजिक दुरी कायम गर्दै औषधी बितरण गरिएको वडा अध्यक्ष्य एवंम नगरपालिकाका आर्थिक बिकास समिति संयोजक सोमनाथ अर्यालले जानकारी दिनुभएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया