

पहिरोको कारण तीन दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै खुलेन




पाल्पा
पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै सुरु हुन सकेको छैन । पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकमा खसेको पहिरो नहटाउँदा पूर्वबाट सदरमुकाम आवातजावत तीन दिनदेखि अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको गौडेपुल नजिकै अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि मालवाहक ट्रक, दाङ, बाँके बर्दियाका मजदुर घर लिएर हिँडेका सवारी साधन बीचबाटोमा भोकभोकै बस्नु परेको छ । डाइभर्सनको काम सकिनै लाग्दा पुन: पहिरो खसेको र वर्षा नरोकिएकाले राजमार्ग खुलाउन नसकिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।
पाल्पाकै रामपुर जाने ६५ किलोमिटर सडकको दर्जन बढी स्थानमा पहिरो खसेको छ भने कालीगण्डकी करिडोरको भोंवरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षासँगै कालीगण्डकी नदीमा बहाव बढेपछि धार्मिक तथा पर्यटकीय क्षेत्र रूरू क्षेत्र रिडी पनि जलमग्न भएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया