६ वर्षपछि रियल मड्रिड छाड्दै सर्जियो रोमास

काठमाण्डौँ

सर्जियो रोमासले १६ वर्षपछि रियल मड्रिड छोड्ने भएका छन।  बिहीबार रियलले आफ्ना कप्तान सर्जियो रोमासको विदाई गर्ने कार्यक्रम राखेको छ।

३५ वर्षे रोमासले मड्रिडमा हुँदा ५ ला लिगा, चार च्याम्पियन्स लिगको उपाधि जिते। रोमास २००५ मा सेभिल्लाबाट मड्रिडसँग अनुबन्ध भएका थिए।

सेन्ट्रलब्याकको भूमिकामा हुने रोमासले ६७१ खेल खेल्दै मड्रिडका लागि १०१ गोल गरे। क्लबले बिहीबार एक पत्रकार सम्मेलन गर्दै रोमासको अन्तिम विदाई गर्ने भएको छ।

यसै जुनको अन्त्यमा रोमासको सम्झौता समेत सकिँदै थियो।

प्रतिक्रिया

खबर सबै