

थप २ हजार ८ सय २८ जनामा काेराेना सङ्क्रमण





काठमाण्डाै
पछिल्लाे २४ घण्टामा देशभर दुई हजार आठ सय २८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । आठ हजार ६ सय ८७ जनाकाे आरटी–पीसीआर गर्दा दुई हजार १४ र चार हजार तीन सय ३५ जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय १४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
योसहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार दुई सय १६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ८२ जनासहित अहिलेसम्म पाँच लाख ४३ हजार पाँच सय २१ जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टा र यसअघिको प्राप्त भएकाे विवरणसहित थप ५२ जनाको काेराेना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ५८ पुगेको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया