

उपचारका लागि नेता खनाललाई दिल्ली लगिँदै


काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालको स्वास्थ्यमा सुधार नभएपछि बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि जेष्ठ ३१ गतेदेखि काठमाडौंस्थित नर्भिक अस्पतालमा खनाल भर्ना भएका थिए । अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।
नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो कम नहुने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । आज नर्भिकबाट नयाँ दिल्लीको एपोलो अस्पतालमा लिन लागिएको खनालको सचिवालयले जनाएको छ । यसअघि माघ ३० गते उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया