

तिनाउको नदीमा आएको बाढीलेले कटान, कतै डुबान


बुटवल
अविरल वर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगर–११ पवित्रनगरका ३ वटा घर कटान गरेको छ ।
भीषण वर्षासँगै आएको बाढीले डम्पिङ स्थल र पवित्रनगरको उत्तरी भागका ३ वटा घर कटान गर्दा नदीमा झुण्डिएका छन् भने अन्य ७७ वटा घरटहरा जोखिममा परेका छन् ।
तत्कालका लागि पानीको बहावलाई डाइभर्ट गर्नुुपर्ने अवस्था आएको वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए ।
‘पानी रोकिएपछि लन्चिङ राख्नुपर्ने देखियो । प्रगतिनगर र मजुवा क्षेत्रमा तारजालीबाट तटबन्ध गर्नुपर्ने देखिएको छ,’ अध्यक्ष क्षेत्रीले भने ।
अहिले पनि निरन्तर वर्षा भइरहँदा नदीमा पानीको बहाव घट्न सकेको छैन ।
वर्षाका कारण लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुर डुबानमा परेको छ । तिनाउ र दानव नदीको संगमस्थल दुईमोहानदेखि ३ किलोमिटर तल रहेको गाँउमा मंगलवार राति बाढी पसेको छ ।
घरमा पानी पस्न लागेपछि सशस्त्र प्रहरी बल टोलीले डुबान क्षेत्रमा परेकालाई उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पनि उद्धारमा छ । टोलीले २ दिने सुत्केरी महिलासहित ७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।
डुबानमा परेकाहरूमध्ये केही छिमेकीको घरमा र केही टोलमा रहेको सामुदायिक बीउ भण्डार लगायतका स्थानमा सुरक्षित आश्रय लिएका छन् ।
दाङको लमही नगरपालिका–७ हस्नापुरका भैसी चराउन गएका बेला बाढीमा अलपत्र परेका परिवारलाई उद्धार गरिएको छ । हस्नापुर निवासी मन्साराम चौधरीसहित ४ जना बाढी आएपछि थुनिएका थिए ।
राति सबैको उद्धार गरेर सुरक्षित स्थानमा सारिएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया