

तिनाउको नदीमा आएको बाढीलेले कटान, कतै डुबान



बुटवल
अविरल वर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगर–११ पवित्रनगरका ३ वटा घर कटान गरेको छ ।
भीषण वर्षासँगै आएको बाढीले डम्पिङ स्थल र पवित्रनगरको उत्तरी भागका ३ वटा घर कटान गर्दा नदीमा झुण्डिएका छन् भने अन्य ७७ वटा घरटहरा जोखिममा परेका छन् ।
तत्कालका लागि पानीको बहावलाई डाइभर्ट गर्नुुपर्ने अवस्था आएको वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए ।
‘पानी रोकिएपछि लन्चिङ राख्नुपर्ने देखियो । प्रगतिनगर र मजुवा क्षेत्रमा तारजालीबाट तटबन्ध गर्नुपर्ने देखिएको छ,’ अध्यक्ष क्षेत्रीले भने ।
अहिले पनि निरन्तर वर्षा भइरहँदा नदीमा पानीको बहाव घट्न सकेको छैन ।
वर्षाका कारण लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुर डुबानमा परेको छ । तिनाउ र दानव नदीको संगमस्थल दुईमोहानदेखि ३ किलोमिटर तल रहेको गाँउमा मंगलवार राति बाढी पसेको छ ।
घरमा पानी पस्न लागेपछि सशस्त्र प्रहरी बल टोलीले डुबान क्षेत्रमा परेकालाई उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पनि उद्धारमा छ । टोलीले २ दिने सुत्केरी महिलासहित ७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।
डुबानमा परेकाहरूमध्ये केही छिमेकीको घरमा र केही टोलमा रहेको सामुदायिक बीउ भण्डार लगायतका स्थानमा सुरक्षित आश्रय लिएका छन् ।
दाङको लमही नगरपालिका–७ हस्नापुरका भैसी चराउन गएका बेला बाढीमा अलपत्र परेका परिवारलाई उद्धार गरिएको छ । हस्नापुर निवासी मन्साराम चौधरीसहित ४ जना बाढी आएपछि थुनिएका थिए ।
राति सबैको उद्धार गरेर सुरक्षित स्थानमा सारिएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया