

निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ : उपेन्द्र यादव



काठमाडौं
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको दावी गरेका छन् ।
अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले पुर्वाग्रहपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।
पार्टीको निर्णय अनुसार महन्थ ठाकुरलगायत केही सदस्यहरुलाई पार्टी अनुशासन सम्बन्धी कारबाही गरी पार्टीको जिम्मेवारी पदबाट हटाएकोबारे आयोगको दर्ता किताबमा अध्यावधिक गर्न दिएको पत्रमा अनावश्यक निर्णय भएको भन्दै उनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको आयोगको निर्णयमा सम्पूर्ण रुपले अवज्ञा गरिएको यादवको विज्ञप्तिमा उल्लेख छ ।
उनले आयोग आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको आरोप समेत लगाएका छन् ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४, जसपाको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बंग्याएर अपव्याख्या गरी पार्टी विधान विपरित काम गर्ने र दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले वैधानिकता दिन खोजेको आरोप अध्यक्ष यादवले लगाएका छन् ।
उनले निर्वाचन आयोगजस्तो संवैधानिक निकायको निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको पनि बताएका छन् । उनले आयोगले गरेको सो कामकारवाही विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने पनि स्पष्ट पारेका छन् ।



खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया