युराे कप : चेक रिपब्लिकले स्कटल्यान्डलाई हरायाे

काठमाण्डाै

युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई हराएकाे छ । स्कटल्यान्डकाे ह्याम्पडेन पार्कमा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई दुई–शून्य गाेलले हराएकाे हाे ।

पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे चेक रिपब्लिकले दाेस्राे हाफमा अर्काे एक गाेल थपेकाे हाे । रिपब्लिकका लागि दुवै गाेल पट्रिकले गरे । उनले खेलकाे ४२ औँ र ५२ औँ मिनेटमा गाेल गरे ।

आजै राति पाैने दश बजे हुने खेलमा पाेल्यान्ड र स्लाेभाकिया खेल्दै छन् भने राति पाैने एक बजे स्पेन र स्विडेन खेल्दैछन् ।

प्रतिक्रिया

खबर सबै