

राष्ट्रिय आविष्कार केन्द्रले दियो सरकारलाई ६ करोड बराबरका भेन्टिलेटर





काठमाडौं
राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई सहयोग स्वरुप ५० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम यूएसएले प्रदान गरेको उक्त ५० थान भेन्टिलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा सोमबार सरकारलाई वितरण गरिएको हो ।
मेरिका–नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा.भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई भेन्टिलेटर हस्तान्तरण गरेका थिए । प्राप्त भेन्टिलेटर मन्त्रालयमार्फत् विभिन्न नौ वटा अस्पतालाई उपलब्ध गराइने बताइएको छ ।
भेन्टिलेटर बुझ्दै मन्त्री तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा बिरामीलाई बेडको अभाव हुन नदिनेगरी पूर्वाधार विकास गरिने बताए । ‘स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टिकर बनाएर कहिल्यै नमेटिने गरी राखिनेछ,’ उनले भने, ‘नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न सबैलाई म अपिल पनि गर्न चाहन्छु ।’ स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराइएका ५० थान भेन्टिलेटरको मूल्य ६ करोड रुपैयाँ बराबरको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया