

कृष्ण थापाको प्रदेश सांसद पद खारेज (आदेशसहित)



गण्डकी
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ ।
आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र उपयुक्तता रहरहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ, अरु नियमानुसार गर्नु !’
थापालाई पार्टीको सिफारिसमा पदमुक्त गरिएपनि उनी सर्वोच्च पुगेका थिए ।
जेठ २३ मा सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाले थापामाथि गरेको कारबाही थमौती गरेर ‘गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनु’ भनेर अन्तरिम आदेश दिएको थियो ।
सो आदेशविरुद्ध गण्डकी प्रदेशसभा सचिवालयले भ्याकेट मुद्दा समेत दर्ता गराएको थियो ।




खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया