

वाणगंगा १ को उल्लेखनीय कार्य : जेष्ठ नागरिकका लागि मह र दलितहरूका लागि पन्चेबाजा र आरन



राधा पाण्डे/कपिलवस्तु
वाणगंगा नगरपालिका वडा नम्बर १ ले जेष्ठ नागरिकहरुका लागि मह र विस्कुट बितरण गरेको छ । जेष्ठ नागरिकहरुलाइ पौष्टिक तत्व निकै आवस्यक हुने र स्वास्थ्यका लागि आवश्यक खानेकुरा प्राप्त गर्न नसक्दा अनेक रोगको सिकार हुनुपर्ने कुरालाइ मध्यनजर गर्दै वडाले पौष्टिक तत्वको रूपमा मह बितरण गरेको हो ।

वडा नम्बर १ भित्रका ७५ बर्ष माथिका १ सय २९ जनालाइ मह र बिस्कुट बितरण गरिएको हो । यस्तै दलितहरूका लागि उनिहरुको पेशालाइ जगेर्ना गर्ने उद्देश्यले पन्चेबाजा र आरन समेत बितरण गरिएको वडा नम्बर १ वडा अध्यक्ष बालकुमारी पन्त अधिकारिले जानकारी दिनुभएको छ ।

वडाले यसभन्दा अघि महिला लक्षित कार्यक्रम अन्तर्गत उन्नत जातका बाख्रा समेत बितरण गरिसकेको छ । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारिको अध्यक्षता रहेको थियो । यस्तै सदस्य झलक मल्ल ठकुरी, सीता कुमारी थापा, हरिकला सार्की, सन्जु सारु, कार्यपालिका सदस्य कृष्ण बहादुर बिक, वडाका ११ वटै टोलबिकासका अध्यक्षहरु, जेष्ठ नागरिकका अध्यक्ष हिमालय भुसाल, दुर्गा मन्दिरका अध्यक्ष चेतनारायण कंडेल लगायतको आतिथ्यता रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया