

गुल्मीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियाे:अब के खुल्ने के नखुल्ने ? हेर्नुहोस्





गोकर्ण पाण्डे /गुल्मी
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि असार ७ गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ। समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएकाे छ।
जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ।अत्यावश्यक पेट्रोलियम पदार्थ,दूध डेरि, तरकारी, फलफूल, माछा,मासु, निर्माण सामाग्री पसल ,स्टेसनरि हरेक दिन बिहान ७ बजेदेखि ११बजे सम्म मात्र खुल्न पाइने छ। जिल्ला भित्र निर्माण सामाग्री बाेक्ने जिप,टिपर,ट्याक्टर र पुस्तक तथा कृषि जन्य पदार्थ सुरक्षा सामधानी अपनाएर चल्न पाउने भएका छन्।
त्यस्तै बैक तथा सहकारी सस्था बिमा कम्पनी बिहान ७ बजेदेखि ११ बजे सम्म मात्र खुल्न पाइने भएको छ।जिल्ला बाहिरबाट निर्माण,पुस्तक,कृषि जन्य पदार्थ तथा खाध्यान्न ढुवानी गर्दा सम्बन्धित जिल्लाका नियम प्रबन्ध मिलाएर सञ्चालन गर्ने ।यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् । सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द नै रहने भएको छ ।
निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ । यस अघि थप गरिएको निषेधाज्ञाकाे समय आज राति १२ बजे सकिदै छ।हाल गुल्मीमा काेराेना सकृय संक्रमितकाे संख्या ५०२ पुगेको छ।भने दोस्रो काेराेना लहर का कारण गुल्मीमा ८९ जना ले ज्यान गुमाएका छन्। जिल्लामा हालसम्म दुई हजार ३८४ जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया