

गौतम र पौडेलबीच भेटवार्ता


काठमाडौं
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेको चर्चाबीच उपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले नेता वामदेव गौतमसँग भेटवार्ता गरेका छन्।
गौतमको निजी सचिवालय स्रोतले दुई नेताबीच भेट भएको पुष्टि गरे पनि विषयवस्तु खुलाउन चाहेन।
‘उहाँहरू छिमेकी हुनुहुन्छ, त्यस्तो कुनै विषयवस्तुकै लागि मात्र नभएर पनि भेटघाट गर्नुहुन्छ,’ गौतमको सचिवालय स्रोतले नेपालखबरसँग भन्यो।
उपप्रधानमन्त्री पौडेलले नेता गौतमलाई भैंसेपाटीस्थित गौतमकै निवास पुगेर भेटेका हुन्।
विष्णु पौडेलसहित ओली पक्षका दोस्रो तहका नेता एमालेका दुई पक्षको मिलन गराउन प्रयासरत छन्। एमालेका साविक उपाध्यक्ष वामदेव गौतमले यसअघि माधव नेपाल पक्षले नयाँ पार्टी खोले साथ दिने घोषणा गरेका थिए।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया