

रुपन्देहीमा निषेधाज्ञाको स्वरुप परिवर्तन हुने संकेत



बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै खुकुलो बनाउने तयारी स्थानीय प्रशासनले गरेको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप कस्तो बनाउने भन्ने बारे उद्योगी(व्यवसायीहरुसँग परामर्श थालेको छ।
आइतबार उद्योगी, व्यवसायीहरुबीचको छलफलका क्रममा उच्च स्वास्थ्य सावधानी अपनाएर निषेधाज्ञालाई खुकुलो बनाउन सुझाव आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।
कोभिड(१९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनिधिसँग जिल्ला प्रशासन कार्यालयले छलफल गरेको छ।
यसबारे सोमबार निर्णय गर्ने तयारी छ। उद्योगी व्यवसायीसमेतको उपस्थितिमा बसेको बैठकले निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालन नगर्ने, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्ने, माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्ने खालको सहमति जुटेको छ।
तर अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने गरी निर्णय गर्न उनीहरुले सुझाव दिएका छन् ।
व्यवसाय खुला भएपनि शिक्षण संस्थाजस्ता क्षेत्र भने संघ सरकारको निर्णयपछि मात्रै खुल्नेछन्।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया