

इङ्ल्यान्डसँगको टेस्ट शृङ्खला न्युजिल्यान्डले जित्यो



काठमाण्डौ । इङ्ल्यान्डसँगको दुई खेलको टेस्ट शृङ्खला न्युजिल्यान्डले जितेको छ । बर्मिङ्घममा आइतवार दोस्रो तथा अन्तिम टेस्टमा इङ्ल्यान्डलाई आठ विकेटले हराउँदै न्युजिल्यान्डले शृङ्खला जितेको हो ।
दोस्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो पारीमा तीन सय तीन रन बनाएको थियो । इङ्ल्यान्डका लागि रोरी बर्न्सले ८१ र ड्यानियल लरेन्सले अविजित ८१ रन बनाए । त्यस्तै डोमिनिक सिब्लेले ३५ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार, म्याट हेनरीले तीन, अजज पटेलले दुई र निल वाग्नरले एक विकेट लिए ।
न्युजिल्यान्डले भने पहिलो पारीमा तीन सय ८८ रन बनाएको थियो । न्युजिल्यान्डका लागि विल योङले ८२ रन बनाए भने डेभन कन्वे र रस टेलरले समान ८०र८० रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका स्टर्ट ब्रोडले चार, मार्क वूड र ओले पोपले दुईरदुई, जेम्स एन्डरसन र ड्यानियल लरेन्सले एकरएक विकेट लिए ।
दोस्रो पारीमा इङ्ल्यान्ड मात्र एक सय २२ रनमा अलआउट हुँदा न्युजिल्यान्डले ३८ रनको सामान्य लक्ष्य पाएको थियो । इङ्ल्यान्डलाई कम रनमै रोक्न म्याट हेनरी र निल वाग्नरले तीनरतीन विकेट लिए भने ट्रेन्ट बोलेट र अजज पटेलले दुईरदुई विकेट लिए ।
यसअघि भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । अब न्युजिल्यान्डले आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा भारतसँग खेल्नेछ, यो प्रतियोगिता जुन १८ देखि सुरु हुँदैछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया