
भीमसेन गोलाको बीएण्ड बी मासु पसलमा २२ बोरा मरेको कुखुरा भेटियो

ई–साझाकुरा, भदौ २
काठमाडौंको भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपबाट बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि नष्ट गरिएको छ ।

गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई वाणिज्य विभागले तीन लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।
विशेष सुराकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले पशु चिकित्सकसमेतको रोहबरमा निरिक्षण गरेको थियो ।
मृत कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको पाइएपछि जरिवाना गरेर नष्ट गर्न निर्देशन दिइएको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए ।
प्रहरीले मंगलबार कुखुरा नष्ट गरेको र कालोबजारी ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप कारबाही अघि बढाउने निर्देशक मिश्रले बताए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया