कोरोनाबाट बाँकेमा थप पाँचको ज्यान गयो

बाँके ।
बाँकेमा कोरोनाका कारण पछिल्लोपटक थप पाँच जनाको ज्यान गएको छ ।

भेरी अस्पतालमा चार र नेपालगन्ज मेडिकल कलेजमा एक संक्रमितको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। उनकाअनुसार भेरी अस्पतालमा बैतडीका ५५ वर्षीय पुरुष, बर्दियाकी ४९ वर्षीया महिला, सल्यानका ४६ वर्षीय पुरुष र दाङकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ।

यस्तै नेपालगन्ज मेडिकल कलेजमा बाँकेका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ। योसहित बाँकेमा जिल्ला भित्रका ३०७ र जिल्ला बाहिरबाट उपचारका लागि पुगेका ३३७ संक्रमितको ज्यान गएको छ।

प्रतिक्रिया

खबर सबै