

दाङ : गाडी तोडफोड गर्ने दुई जना प्रहरीको नियन्त्रणमा



दाङ
दाङको लमहीमा गएराति गाडी तोडफोड गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूचना पाएको ६ घण्टाभित्र उक्त युवाहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा लमही नगरपालिका–५ रातोडाडा निवासी २६ वर्षीय रोशन भेटवाल र वडा नम्बर ६ देउपुर निवासी २७ वर्षीय सुदन केसी रहेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका भेटवाल र केसीले कुनै ब्यक्तिगत रिसिबीले नभई मादक पदार्थले मातेपछि गाडी तोडफोड गरेको समक्ष बयान दिएका प्रहरी निरीक्षक पौडेलले बताए । बिहान साढे ६ बजे गाडी तोडफोड भएको खबर सबैतिर फैलिएसँगै तत्काल प्रहरी निरीक्षक पौडेलले प्रहरी नायब निरीक्षक निर्मल केसीको कमान्डमा व्यापक प्रहरी परिचालन गरेका थिए ।
बजारमा राखिएका सीसी टिभीका फुटेजका आधारमा प्रहरीले आफ्नो अनुसन्धान अघि बढाएको थियो । सीसी टिभी फुटेजकै आधारमा प्रहरीले मादक पदार्थ सेवन गरेर गाडी तोडफोड गर्ने उक्त दुई जना युवालाई नियन्त्रणमा लिएको हो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया