

दाङ : गाडी तोडफोड गर्ने दुई जना प्रहरीको नियन्त्रणमा

दाङ
दाङको लमहीमा गएराति गाडी तोडफोड गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूचना पाएको ६ घण्टाभित्र उक्त युवाहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा लमही नगरपालिका–५ रातोडाडा निवासी २६ वर्षीय रोशन भेटवाल र वडा नम्बर ६ देउपुर निवासी २७ वर्षीय सुदन केसी रहेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका भेटवाल र केसीले कुनै ब्यक्तिगत रिसिबीले नभई मादक पदार्थले मातेपछि गाडी तोडफोड गरेको समक्ष बयान दिएका प्रहरी निरीक्षक पौडेलले बताए । बिहान साढे ६ बजे गाडी तोडफोड भएको खबर सबैतिर फैलिएसँगै तत्काल प्रहरी निरीक्षक पौडेलले प्रहरी नायब निरीक्षक निर्मल केसीको कमान्डमा व्यापक प्रहरी परिचालन गरेका थिए ।
बजारमा राखिएका सीसी टिभीका फुटेजका आधारमा प्रहरीले आफ्नो अनुसन्धान अघि बढाएको थियो । सीसी टिभी फुटेजकै आधारमा प्रहरीले मादक पदार्थ सेवन गरेर गाडी तोडफोड गर्ने उक्त दुई जना युवालाई नियन्त्रणमा लिएको हो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया