नचिनेका मानिसको समूहले पार्किङ गरी राखेका चार वटा गाडीमा तोडफोड : दाङ

दाङ

नचिनेका मानिसको समूहले दाङको लमहीमा पार्किङ गरी राखेका चार वटा गाडीमा तोडफोड गरेको छ । देउखुरी लमहीका विभिन्न ठाउँमा पार्किङ गरेका गाडीमा इँटा र ढुङ्गा प्रहार गर्दा  क्षति भएको प्रहरीले जनाएकाे छ ।

रा १ ख १७५९ नम्बरको ट्रक, लु १ ख ९१४९ नम्बरको बस, भे १ च २८१२ नम्बरको जीप र नम्बर नखुलेको डिलक्स बसमा तोडफोड भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

तोडफोडमा संलग्नहरुको खोजी भइरहेकाे वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै