

तरुण दल र नेबि संघले दियो बिपन्न परिवारलाई घर निर्माणका सामाग्री खाद्यान्न सहित लत्ता कपडा


कपिलवस्तु
‘सामाजिक कामकालागि हाम्रो अभियान, जहा दुःख त्यहा पुग्छ ने.बि संघ र तरुण दल’ भन्ने नाराका साथ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित एक बिपन्न परिवारलाई ईटा,जस्तापाता, सहीत घर निर्माण सामाग्री खाद्यान्न र लत्ताकपडा आज वितरण गरेको छ ।

तरुण दल कपिलवस्तु र ने.बि संघले संयुक्त रुपमा पटनाको सोन पुरक बिपन्न परिवार प्रदीप कोहारलाई सो सामाग्री घर मै पुगी हस्तान्तरण गरिएको ने.वि संघका युवा विद्यार्थी नेता विशाल अधिकारीले बताएका छन् ।
यस्तै चामल दाल नुन तेल, आटा नुन सर्फ सावनु, ड्रेस लगायतका जम्माजम्मी करिब एक लाख पचास हजार मूल्य बराबरको सामागी वितरण गरिएको हो ।

तरुणका जिल्ला सभापति शक्ति सिंह ठकुरी र संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल लगायतका टोली ती बिपन्न परिवारलाई सामाग्रही हस्तान्तरण गरेका थिए । संघ र तरुण दलमा आबद्ध रहेको बिभिन्न ८ जनाले सो सामाग्रीका लागि सहयोग गरेका थिए ।
तरुण दलका जिल्ला सभापति ठकुरीले आफुहरुले बिपन्न परिवारकालागि घर निर्माणमा सहयोग गर्ने अभियान चलाएको बताए । दुःखमा परेका बिपन्न परिवारलाई सहयोग गर्न आफुहरुले बिभिन्न काम गरीरहेको बताए । ‘हक अधिकारकालागि राजनीति गर्ने नारा जुलु गर्ने मात्र होईन, सामाजिक उत्तरदायित्व बोक्दै हामी गरीब र बिपन्नको घर घरमा पुग्ने अभियानमा छौ’ उनले बताएका छन् । क्षेत्रीय सभापति पोख्रेलले आफुहरुले बर्षो देख चिलाएको अभियानले नेबि संघ र तरुण दल बिपन्न परिवारको सुख दुःखको साथी बन्दै गएको बताए ।
आफुहरुको अभियान राम्रो भएकाले धेरै जनाले साथ दिएको बताए । सामागूी पाएर हर्षित भएका प्रदीपले बर्षौ देखि टिनको घरमा बस्ने सपना पुरा हुने बताए । पुस्ताऔ देखि झपडीमा गुजारा चलाउर्दै आएका उनले तरुण दल र नेबि संघ भगवान बनेर आफनो घरमा आएको बताए । ‘ म जस्तो गरीबलार्ई सहयोग गरेर तरुण दल र नेबि संघले पुन्यको काम गरेको छ ’ उनले भने । कार्यक्रममा तरुण दल र नेबि संघका गरी दुई दजृन बढीको सहभागीता थियो ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया