

५ जना कोरोना संक्रमितको एकैदिन मृत्यु



ई–साझाकुरा, भदौ २
कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु भएको छ । मृतकमा नवलपरासी, कास्की, तनहुँ, काभ्रे, बाँकेका १/१ जना रहेका छन् ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नवलपरासीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान नवलपरासीका ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्तालका निर्देशक डाक्टर रवि शाक्यले बताए । ती पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि साउन ३० गते आइसीयूमा भर्ना गरिएको थियो ।
यसैगरी काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय संक्रमित वृद्धको पनि मंगलबार नै मृत्यु भएको छ ।
यस्तै गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमितको समेत मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । ज्वरो तथा श्वासप्रश्वासको समस्या भएर २२ गते भर्ना भएका थिए । ती पुरुषमा सुगर र मिर्गौला रोगी थिए ।
यसैबीच बाँकेकाे नेपालगन्जमा कोरोना संक्रमणकै कारण ६२ वर्षीय पुरुषको समेत मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया