

२४ घण्टामा ३ हजार ७ सय ४९ जनामा काेराेना सङ्क्रमण, ५ हजार जनाभन्दा धेरै निकाे





काठमाण्डाै
पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । नौ हजार नौ सय एक जनाको पीसीआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ जना र पाँच हजार तीन सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा पीसीआर विधिबाट ६ लाख एक हजार ६ सय ८७ जना र एन्टिजेन विधिबाट १७ हजार सात सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय ९३ जना निको भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख १५ हजार पाँच सय ९१ पुगेको छ ।
यस्तै थप ५९ जनासहित कोरोना सङ्क्रमणबाट नेपालमा अहिलेसम्म आठ हजार दुई सय ३८ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा अहिले ७७ हजार आठ सय ५८ जना सक्रिय सङ्क्रमित छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया