

प्रदेश १ मा आज नीति तथा कार्यक्रम प्रदेशसभामा पेश हुँदै


प्रदेश नं १
प्रदेश नं १ को आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बिहिबार प्रदेशसभामा पेश हुँदैछ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपराह्न ३ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसका लागि सांसदहरुलाई निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन पुग्न प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिइएको छ।
यसअघि सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। विनियोजन विधेयकमाथिको छलफल बुधबार नै सकिएको छ।
कोरोना भाइरसको महामारीका कारण छलफललाई छोट्याइएको थियो । कोरोनाका कारण देखाउदै प्रदेश सरकारले आर्थिक ऐन संसोधन गदै १५ दिनको प्रि बजेटको समय पाँच दिनमा भरेको थियो ।
१५ दिनको समयसिमा छोट्याएर पाँच दिनमान झारेपछि विपक्षी दलहरु सत्तापक्षसँग रुष्ट बनेका थिए ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया