

बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम, एक हप्तामा ७४ प्रतिशतले सङ्क्रमण दर बढ्यो





काठमाण्डाै
बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड-१९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ ।
प्राध्यापक गुप्ताका अनुसार सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका र तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तै हुनसक्नेछ । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको भेरियन्टलाई निकै खतरनाक मानिएको छ । बेलायतमा पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण दर ७४ प्रतिशतले बढेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड साेसल केयर’ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ४० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्क्रमण दर गएकाे फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च हो । गएको फेब्रुअरी २६ मा ८ हजार ५ सय २३ जनामा सङ्क्रमण देखिएको थियो । बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या ४५ लाख ३५ हजार ७ सय ५४ पुगेको छ ।
बेलायतमा ६ करोड ९२ लाख ५१ हजारभन्दा बढी डोज खोप वितरण भएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया