बालगृहमा लायन्स क्लव बाणगंगा र कपिलवस्तु जेसिजको राहत

कपिलवस्तु

कोरोनाको पहिलो र दोस्रो लहरमा निरन्तर सामाजिक तथा मानवीय काम गर्दै आइरहेका कपिलवस्तुका दुई सामाजिक संस्था कपिलवस्तु जेसिज र लायन्स क्लव अफ बाणगंगाले कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु बाल गृहमा ठुलो राहत सहयोग गरेका छन् । कोरोनाको कारण बालगृहमा धेरै कुराको समस्या भएको जानकारी पाउन साथ बिभिन्न क्षेत्रबाट जुटाएको सहयोगले अक्सिजन सिलिण्डर, खाद्यान्ह, खाना र लत्ता कपडा किनेर क्लवका पदाधिकारी तौलिहवा स्थित बालगृहमा पुगेर राहत वितरण गरेका हुन् ।

यस्तै संस्थाले कपिलवस्तु अस्पताल मा ३ अक्सिजन ग्यास सिलिन्डर हस्तान्तरण तथा कोरोना संक्रमितलाइ लाई पौस्टिक आहार समते बितरण गरिएको थियो ।

लायन्स क्लव अफ वाणगंगाका अधयक्ष रमेश चन्द्र भुसाल को जन्मदिन को अबसरमा गृहमा रहेका बालबालिकालाई समेत खाना खुवाउने काम समेत भएको थियो ।

सहयोग सामाग्री राहत ग्रहण गर्दै बालगृहका गोपाल ज्ञवालीले सबैलाई धन्यबाद व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो कोरोनाको जोखिममा पनि बालबालिकाको लागि गृहमै आएर सयोयोग गर्ने संस्थाले लगाएको गुन बिसर्न नहुने बताउनु भएको थियो । हेल्पिङ हेन्ड जापान टिमले मातृभूमिको लागि अक्सिजन तथा राहत अभियान संचालन गरेकोमा तौलिहवाको बालगृहमा उसले पनि सहयोग गरेको मेम्बर को अर्डिनेटर खिमानन्द पौडेल (कोपिल) ले बताउनु भएको छ ।

 


 

प्रतिक्रिया

खबर सबै