

धारिलो हतियारले प्रहार गरी एक युवकको हत्या



बुटवल
रुपन्देहीमा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय पुरुष महेन्द्र यादवको धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक यादवको शव घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
शंकास्पद अवस्थामा शव फेला परेको शवको भीम अस्पताल भैरहवामा पोष्टमार्टम गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए । मृतक यादवको एक श्रीमती, २ छोरी र १ छोरा छन् । हत्याको कारण नखुलेको र घटनामा संलग्नको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया