रुपन्देहीमा निषेधाज्ञा अवाज्ञा गरी विरोध प्रदर्शन गर्ने युवा पक्राउ

बुटवल

रुपन्देहीमा जारी निषेधाज्ञा उल्लंघन गरी आइतबार लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालय घोराउ गर्ने तयारीमा रहेका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिकाको वडा नम्बर ३ का ३० वर्षीय अर्जुन कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

कुर्मीले निषेधाज्ञाको अवज्ञा गर्दै सार्वजनिक रुपमा अपिल गर्दै हिडेको आरोपमा प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो । शनिबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिकामा युवाहरूको एक समूहले निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेका थिए ।उनीहरुको समूहले आइतबार सबै बजार खुलाउने भन्दै सार्वजनिक रुपमा आग्रहसमेत गरेका थिए ।

कुर्मीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही पक्राउ अगाडी बढाउने प्रहरी प्रवक्ता थापाले बताए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले द्रोसो लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । रुपन्देहीमा बैशाख १६ गते निषेधाज्ञा लगाइएको छ ।

प्रतिक्रिया

खबर सबै