

‘मार्क जुकरबर्गलाई डिनरमा बोलाउनेछैन’ : ट्रम्प





काठमाण्डौ
आफ्नो फेसबुक एकाउण्ट दुई वर्षको लागि निलम्बन (सस्पेण्ड) गरेको विषयमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाउनुभएको छ ।
उहाँले फेसबुकले आफ्नो एकाउण्ट दुई वर्षको लागि बन्द गराउँदा करोडौँ अमेरिकी नागरिकको अपमान भएको बताउनुभएको बीबीसीले जनाएको छ । आफूलाई विश्वास गरेर भाेट दिने साढे सात कराेड अमेरिकीकाे फेसबुक प्रतिकाे विश्वास घात भएकाे पनि उहाँकाे भनाइ छ ।
यस्तै ट्रम्पले आफ्नो एकाउण्ट बन्द गरेको भन्दै फेसबुक कम्पनीका संस्थापक मार्क जुकरबर्गलाई ‘डिनर’मा नबोलाउने समेत बताउनुभएको छ । ट्रम्पको ‘सेभ अमेरिका पोलिटिकल एक्शन कमिटी’ले जारी गरेको बयानलाई उद्धृत गर्दै ट्रम्पले जुकरबर्गलाई डिनरमा नबोलाउने बताएको बीबीसीले लेखेको छ ।
‘अर्को पटक जब म ह्वाइट हाउसमा हुनेछु, त्यहाँ जुकरबर्ग र उनकी श्रीमतीको लागि डिनरमा बोलाइने छैन’, जारी गरिएकाे बयानमा भनिएको छ ।
हिजाे शुक्रबार देखि ट्रम्पको फेसबुक र इन्स्टाग्रामलाई दुई वर्ष सम्मको लागि निलम्बन गरिएको छ । यो भन्दा पहिले गएको जनवरीमा अनिश्चितकालीन रोक लगाइएको थियो । ट्रम्पलाई ट्विटरले पनि प्रतिबन्ध लगाएको छ । यसरी सबै सामाजिक सञ्जालबाट आफूलाई प्रतिबन्ध लाग्दै गएपछि ट्रम्पले गएको महिनादेखि आफ्नै निजी सामाजिक सञ्जाल सञ्चालनमा ल्याउनुभएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया