

विश्वकप छनोटमा ब्राजिलको लगातार पाँचौ जित

काठमाडौं
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकन छनोटमा ब्राजिलको उत्कृष्ट प्रदर्शन जारी छ।
लगातार पाँचौ खेलमा जित हात पार्ने क्रममा ब्राजिलले शनिबार विहान सकिएको खेलमा इक्वेइडरलाई २-० गोलले पराजित गर्यो।
ब्राजिलको जितमा रिचार्लीसनले खेलको ६५ मिनेटमा पहिलो गोल गरेका थिए। नेइमारले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गर्न सफल भए।
दक्षिण अमेरिकन छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोड्न सफल भयो।
दोस्रो स्थानको अर्जेन्टिनाको पाँच खेलबाट ११ अंक छ। अर्जेन्टिनाले तीन खेलमा जित निकाल्दा दुई खेलमा बराबरी खेलेको छ।
तेस्रो स्थानको इक्वेइडरको ९ अंक छ। चौथो स्थानको पाराग्वे र पाँचौ स्थानको उरुग्वेको समान ७-७ अंक छ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया