

नोबेल अस्पतालको तयारी, सरकारले तोकेको भन्दा आधा शुल्कमै कोरोना परीक्षण





ई–साझाकुरा, भदौ १
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले २ हजार ६ सय रुपैयाँमै कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ। यो शुल्क सरकारले तोकेको भन्दा आधा कम हो।
सरकारले सशुल्क कोरोना परीक्षणको लागि ५ हजार ५ सय रुपैयाँ तोकेको छ। अस्पतालका निर्देशक डा. राजेश नेपालले आउने साताबाट परीक्षण सुरु गर्ने जनाएका छन्।
उनले मोडिफाइड पिसिआर मेसिनबाट परीक्षण सुरु गर्न लागिएको बताए।
‘यो प्रविधिको मेसिन नेपालमै पहिलो पल्ट प्रयोग गर्न लागिएको हो। यसलाई मोडिफाइड पिसिआर मेसिन भनिएको छ,’ उनले भने, ‘हामी पहिले यसको विश्वसनीयता कति छ भनेर ट्रायल गर्छौं र सोचेअनुसार नतिजा आउने साताबाटै परीक्षण गर्छौं।’
उनले मेसिनमा आउने नतिजाको गुणस्तर शंकास्पद आए मेसिन प्रयोगमा नल्याइने जनाए। यसमा पिसिआर मेसिनको प्रयोग भए पनि यो पिसिआर परीक्षण भने होइन।
यो परीक्षणलाई एन्टिजेन टेस्ट भनिएको छ। यद्यपी यसमा पनि स्वाबबाटै परीक्षण गरिने निर्देशक नेपालले जनाए। यो मेसिनबाट कोरोना परीक्षण गर्दा आइएनए छुट्याउनु नपर्ने उनी बताउँछन्।
निर्देशक नेपाल भन्छन्, ‘अहिले पिसिआर परीक्षण गर्दा सबैभन्दा समय खर्च भएकै आरएनए छुट्याउनलाई हो। तर यसमा छुट्याउनु पर्दैन। स्वाब सिधैं हालेपछि संक्रमण छ/छैन भनेर एकीन गर्छ।’
उनले यो मेसिनले दुई देखि तीन घण्टामै नतिजा दिने दाबी गरेका छन्। सरकारले निजी प्रयोगशालाहरूलाई समेत सशुल्क कोरोना परीक्षणको अनुमति दिएपछि नोबेल अस्पताल पनि परीक्षणको लागि अघि सरेको हो।
निर्देशक नेपालले नोबेल अस्पतालका विरामीका लागि २ हजार र बाहिरका विरामीका लागि २ हजार ६ सय रुपैयाँ परीक्षण शुल्क तोकिएको जनाए।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया