

कान्तिपुर टेलिभिजनबाट नेपालले खेल्ने विश्वकप छनोटका खेल प्रत्यक्ष प्रशारण हुने


काठमाडौं
कुवेतमा हुने फिफा विश्वकप तथा एएफसी एसिया कप छनोटअन्तर्गत नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ।
दोस्रो चरणमा नेपालले कुवेतमा तीन खेल खेल्दैछ। जसमा जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल हुनेछ।
जसको प्रत्यक्ष प्रशारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजनबीच सम्झौता भएको छ। एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजनका मार्केटिङ हेड गौरी दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालले घरेलु मैदानमा खेल्नुपर्ने प्रतियोगिता कोरोना भाइरसका कारण सेन्ट्रल भेन्यूमा हुन लागेको हो।
एसियाली फुटबल महासंघले समूह ‘बी’का सबै खेल कुवेतमा गराउने निर्णय अनुसार नेपालले कुवेतमा दोस्रो चरणका खेल खेल्न लागेको हो।
नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरू हुनेछ।
प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा चार हार र एक जित निकालेको छ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया