

चितवनमा हवाई फायर



ई–साझाकुरा, भदौ १
चितवनको राप्ती नगरपालिका-१ लोथरमा निषेधाज्ञा लागू गराउने क्रममा सोमबार प्रहरीले हवाई फायर गरेको छ।
करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाले बताए।
कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले त्यहाँ निषेधाज्ञाको निर्णय गरेको थियो। सो निर्णय नमान्ने भन्दै स्थानीयहरू प्रदर्शनमा निस्केका थिए।
‘सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले छेउमा गएर सम्झाइ-बुझाइ गर्न सकिएन, एक राउन्ड हवाई फायर गरेर मानिसहरूलाई भगाइएको हो,’ लामाले भने।
हवाई फायर भएपछि स्थिति सामान्य अवस्थामा आएको लामाले बताए।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया