

भियतनाममा कोरोनाको नयाँ ‘हाइब्रिड’ भेरियन्ट, हावामार्फत तीव्र गतिमा सङ्क्रमण फैलने


काठमाण्डाै
भियतनाममा तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबीचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने गरेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले नयाँ म्युटेशन निक्कै खतरनाक रहेको बताएका खबरमा उल्लेख छ । भियतनाममा पछिल्ला केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा छ । सन् २०१९ को अन्त्यमा चिनको वुहानबाट कोरोना भाइरस सुरु भएयता हजारौँ पटक यो भाइरस म्युटेट भइसकेको छ ।
भियतनाममा देखिएको पछिल्लो भेरियन्टलाई अहिलेसम्मकै खतरनाक र सङ्क्रामक मानिएको छ । नयाँ भेरियन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया