

पक्षीमा पनि रानीखेतलगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखियो, अनुसन्धान सुरु


काठमाण्डौ
पक्षीमा रानीखेत, बर्डफ्लुलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिन थालेको छ । बर्ड फ्लु, रानीखेतलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिएकाले नियन्त्रणमा समस्या भइरहेको विज्ञहरुले बताएका छन् ।
पछिल्लो समय रानीखेतका नयाँ भेरियन्टहरु देखिएकाले भ्याक्सिन लगाउँदासमेत सङ्क्रमण नियन्त्रण गर्न समस्या भइरहेको पशुसेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
अहिले नयाँ भेरियन्टबारे थप अनुसन्धान गर्न विभागका उपमहानिर्देशक डाक्टर रामनन्दन तिवारीको नेतृत्वमा समिति बनाएर काम भइरहेको छ । समितिमा व्यवसायी, विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरू रहेका छन् ।
निजी क्षेत्रले नयाँ भेरियन्ट पुष्टि गरिसकेको तर नार्कले यसबारे थप अनुसन्धान गरिरहेकाले नार्कको अध्ययनपछि मात्रै आफूहरुले नयाँ भेरियन्टबारे भन्न सकिने विभागका प्रवक्ता ढकालले बताउनुभयो । भारतलगायत दक्षिण एसियाली देशहरुमा नयाँ भेरियन्टहरु पुष्टि भएको र नेपालको अवस्थाबारे नार्कले गर्ने अनुसन्धानपछि भन्न सकिने उहाँको भनाइ छ । अहिले सबैभन्दा धेरै रानीखेतको सङ्क्रमणको समस्या रहेको छ ।
काठमाण्डौलगायत अरु जिल्लाहरुमा पनि रानीखेतका नयाँ भेरियन्टहरु देखा परेकाले यसबारे अनुसन्धान गर्न टोली खटाइएको विभागले जनाएको छ । केही दिनअघि मात्रै काठमाण्डौको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया